त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक महिला पक्राउ

२०८२ फाल्गुण १३ बुधवार
सारांश
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य मुलुकतर्फ लैजान लागेको ठूलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरिएको छ ।

काठमाण्डौ, १३ फाल्गुण । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य मुलुकतर्फ लैजान लागेको ठूलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरिएको छ ।

 

विमानस्थलको प्रस्थान होल्ड ब्यागेज जाँचका क्रममा स्वीडिस नागरिक ५१ वर्षीया कुन्चोक खाण्ड्रोलाई पक्राउ गरिएको हो । उनी सिचुवान एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट चीन जाने तयारीमा थिइन् । जाँचका क्रममा उनका ब्यागबाट अमेरिकी डलर १० हजार ५००, युरो २६ हजार ७००, चाइनीज युआन ७ हजार ४०० र स्वीडेनका ४३ हजार क्रोनर फेला परेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेकी कुन्चोक खाण्ड्रोलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार